News

धरान तथा इटहरीमा कर्फ्युको हल्ला गलत , लकडाउन थप कडा

इटहरी / शनिवार सामाजिक सञ्जालमा धरान तथा इटहरीमा कर्फ्युको घोषणा भन्ने चर्चा चले पनि त्याे गलत हल्ला रहेकाे छ । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केको मस्जिदमा १२ जना कोरोना सङ्क्रमित फेला परे संगै माेरङ तथा सुनसरीकाे लकडाउन भने थप कडा पारिएकाे छ । सामाजिक सञ्जालहरूमा कर्फ्युको घोषणा भएको हल्ला चले पनि त्यसमा सत्यता नभएकाे प्रशासनले जानकारी दिएकाे छ ।

भारतीयहरु सुनसरीको नाका हुदै आउन सक्ने भन्दै प्रहरीले कडाई गर्ने थालेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । सिमा क्षेत्रलाई प्रहरीले थप कडाई गर्ने जिल्ला प्रहरी कार्यलय सुनसरीका डिएसपी विनोद शर्माले बताए । लकडाउनका बेला सर्वसाधारण घर बाहिर निस्किने व्यापक गुनासो आएकोले आज देखि सुनसरी प्रहरीले लकडाउन थप कडा पार्ने भएको हाे ।

धरान प्रवेश गर्ने पश्चिमी नाका धरान-चतरा सडक खण्ड सिल गरिएकाे छ । साथै पश्चिमी नाका हुँदै आउने कुनै पनि दूध, शब्जी बोकेका सवारी साधन र मानिस प्रवेशमा पुरै बन्द गरिएको छ । यसैबिच अहिले बिहान ११ बजे धरान उपमहानगरपालिकामा सुरक्षा समितिको बैठकले धरानको लकडाउनलाई के गर्ने भन्ने बिषयमा निर्णय गर्ने मेयर तिलक राईले बताएका छन् ।.

त्यस्तै इटहरीमा पनि लकडाउन थप कडा बनाइएकाे छ । बिहानै देखी दूध, शब्जी बोकेका सवारी साधन समेत प्रवेशमा निषेध गरिएकाे छ । नेपालमा काेराेना संक्रमण दाेस्राे चरणमै रहेकाे र अन्य चरणमा फैलिए स्थिति अत्यान्तै भयाभह हुने भएकाले लकडाउन थप कडा बनाइएकाे मेयर द्वारिकलाल चौधरीले बताएका छन् ।

Related Articles

Back to top button
Close