Saturday, May 21

यिनै हुन् मृ’त भेटिएकी अमृता, त्यो दिन यस्तो सम्म भएको रहेछ-

April 15, 2022 1006

बुटवल- रुपन्देहीको तिलोत्तमामा २९ वर्षीया महिलाको शंकास्पद मृ’त्यु भएको छ । तिलोत्तमा नगरपालिका-२ जानकीनगरकी २९ वर्षीया अमृता टण्डन खत्रीको आफ्नै घरमा मृ’त्यु भएको हो ।

बुधबार राति जानकीनगरमै माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटक-पटक फोन गरेर घरमा बोलाएको एक घण्टा नबित्दै उनको मृ’त्यु भएको माइती पक्षको दा’बी छ ।अमृतालाई परिवारकै सदस्यले ह त्या गरेर छिमेक र प्रहरी कसैलाई खबर नगरी वि’ष से’वन गरेको बहाना बनाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएको माइती पक्षको आरोप छ ।

अस्पताल पुर्‍याउँदा चिकित्सकले अमृताको पहिल्यै मृत्यु भइसकेको जानकारी गराएकाले उक्त घटना ह त्या नै भएको मृतककी आमा सावित्रा खत्रीले बताइन् ।‘राति साढे ८ बजेसम्म छोरी माइतमै थिई, ज्वाईले तीन पटकसम्म फोन गरेर घर आउने भए आऊ नभए छोरालाई जे पनि हुनसक्छ भनेपछि घर गएकी हो’

सावित्राले भनिन्, ‘घर गएपछि साढे ९ बजे मलाई बचाऊ भनेर दाइलाई म्यासेज गरेकी रहिछ, दश नबज्दै मृ’त्यु भएको खबर आयो ।’छोरीलाई घरमा सासु, ससुरा, श्रीमान्ले धेरै पहिलादेखि नै गा’लीगलौज र या’तना दिंदै आएको सावित्राले बताइन् अमृताको सात वर्षअघि प्रेम विवाह भएको थियो ।

पटकपटक यातना पाएपछि गत भदौमा वडा कार्यालयमा निवेदन दिएपछि आइन्दा मिलेर बस्ने सहमति भएको थियो । मृ’तकका ५ वर्षीय छोरा छन् ।वि’ष से’वन गरेको भए माइती, प्रहरी र छरछिमेकलाई जानकारी गराइन्थ्यो तर त्यसो नभई योजना वद्धरुपमा हत्या गरेर वि’ष सेवनको ब’हाना बनाएर अस्पताल पुर्‍याइएको छिमेकी कमला पोखरेलले बताइन् ।

मृ’तकका श्रीमान्, सासु ससुरालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी नवरत्न पौडेलले जानकारी दिए ।घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारवाहीको माग गर्दै माइती पक्ष र स्थानीयले टण्डनको घर घेराउ र ना’राबाजी गरेका छन् ।

रुपन्देहीको तिलोत्तमामा भइरहेकाे प्रदर्शनमा सहभागीले ‘अमृतालाई न्याय देऊ’ नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै ना’राबाजी गरेका छन् ।जानकीनगर भेटेनरी लाइनदेखि योगिकुटी हँदै इलाका प्रहरी कार्यालयसम्म भएको प्रदर्शनमा स्थानीय महिलाको बाक्लो उपस्थिति छ ।

Comment