April 15, 2022 358
काठमाडौँ। नयाँ वर्षमा कारोबार सुरु भएको पहिलो दिन शुक्रबार पनि सुनको मूल्य बढेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख २ हजार रुपैयाँ कायम भएको छ।
बुधबार प्रति तोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइ रहेको छापावाला सुन आज ५ सयले बढेर प्रति तोला १ लाख २ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजावी सुनको भाउ तोलाको १ लाख १ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय १५ रुपैयाँ पुगेको छ। चाँदी प्रति तोला १५ रुपैयाँले बढेको हो। मंगलबार चाँदी प्रति तोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
Comment