News

लकडाउनमा कसैलाई हिंडन नदिनुस्, खान नपाएकालाई खाद्यान्न दिनुस् : प्रधानमन्त्री ओली

काठमाडौं, ०५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनमा कसैलाई पनि हिँडेर गन्तव्यतर्फ लाग्न नदिन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री निवास वालुवटारमा मन्त्रिपरिषदका सदस्यहरू, उच्चस्तरीय समन्वय समिति, सीसीएमसीका सदस्यहरूको सहभागिता बसेको बैठकमा उहाँले लकडाउनलाई कडीकडाउका साथ पालना गराउन निर्देशन दिनु भएको छ ।

प्रधानमन्त्री ओलीले अति आवश्यक बाहेकका सबै आवातजावत बन्द गर्न निर्देशन दिदै खान नपाएर गाउँ हिंडेकाहरुको हकमा खाद्यान्नको व्यवस्था गर्न पनि आदेश दिनु भएको छ । उहाँले हिंडरै कसैलाई पनि गाउँ जान नदिन पनि निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्रीको निर्देशन लगत्तै थानकोटमा रोक्न सुरु

प्रधानमन्त्री ओलीको निर्देशन लगत्तै प्रहरीले आजै देखि काठमाडौंबाट बाहिरिने नाका थानकोटमा कडीकडाउ थालेको छ ।थानकोट भएर बाहिरिन खोज्नेलाई त्रिभूवन पार्कमा बनाइएको क्वारेन्टाइनमा राखिने व्यवस्था मिलाइने भएको छ ।

लकडाउन लम्बिँदै गर्दा मानिसहरु हप्तादिनसम्म हिँडेर भएपनि गाउँ जाने क्रम बढेपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएर सरोकारावाला निकाय र व्यक्तिहरुलाई यस्तो निर्देशन दिनु भएको हो ।

Related Articles

Back to top button
Close