News

बहराइनमा एकै दिन देखियो २७ नेपालीमा कोरोना संक्रमण

काठमाडौं, ०५ बैशाख । चीनको वुहानबाट फैलिएको कोभिड १९ नाम दिइएको कोरोना भाइरस संक्रमणका कारण विश्व नै आक्रान्त छ । रोजगारीको सिलसिलामा विदेश गएका नेपाली नागरिकहरु पनि दिनप्रति दिन कोरोना संक्रमणको सिकार बनिरहेका छन् ।यसैक्रममा शुक्रबार एकै दिन बहराइनमा २७ जना नेपाली कामदारहरुमा कोरोना संक्रमण देखिएको छ । त्यहाँका नेपाली दूतावासका अनुसार शुक्रबार मात्रै २७ जना नेपालीमा कोरोना संक्रमण देखिएको हो ।

हालसम्म बहराइनमा नेपाली कोरोना संक्रमितहरुको संख्या ४९ पुगिसकेको छ । दूतावासका अनुसार शुक्रबार कोरोना संक्रमण देखिएका सबै जना एउटै कम्पनीमा कार्यरत रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको दूतावासले जनाएको छ ।
बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण ७ को ज्यान गइसकेको छ ।

Related Articles

Back to top button
Close