Monday, May 16

तनहुबाट पल शाहले दिए खुशीको खबर, पललाई भेट्न पुगिन मलिका महत

April 15, 2022 1996

तनहुबाट पल शाहले दिए खुशीको खबर दिएको छ । पुर्पक्षका लागि तनहुँ जिल्ला कारागारमा थुनिएका अभिनेता पल शाह उत्कृष्ट नायकको अवार्ड जित्न सफल भएका छन्। पल शाह फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा अभिनय गरेका थिए ।

शोही फिल्म बापत शाह उत्कृष्ट नायक ठहरिएका हुन्। सोही फिल्मबाट पूजा शर्मा पनि उत्कृष्ट नायिका तथा भने सुदर्शन थापाले उत्कृष्ट निर्देशक अवार्ड पाउन सफल भएका छन्। यसो , ‘म यस्तो गीत गाउँछु २’ चलचित्र नै वर्षको सफल चलचित्र ठहरिएको छ। चलचित्र विकास बोर्डमा सोमबार आयोजित बक्स अफिस फिल्म अवार्ड समारोह आयोजन गरेको थियो । समारोहमा पल उत्कृष्ट नायक अवार्ड पाउदा उपस्थित सबै भाबुक बनेका थिए ।

पल शाह जेलमा भएकाले अवार्ड समारोहमा निर्देशक थापा र नायिका पूजा मात्र अवार्ड लिन उपस्थिति भए। यस क्रममा पलको अवार्ड पनि पूजाले जिम्मा लिएकी थिइन्। अवार्ड पाएपछि पुजाले सुामाजिक संजाल मार्फत पललाई धेरै सम्झिरहेको बताएकी छन् । म यस्तो गीत गाउँछु २’बाट उत्कृष्ट नायकको अवार्ड पल शाहले जित्दै गर्दा मेरो प्यारो साथी र हाम्रो रियल हिरोलाई धेरै मिस गरिरहेँ पल, तिम्रा लागि यो अवार्ड समर्पित गर्न चाहन्छौं ’ उनले लेखेकी छन् ।

Comment