News

माछापुच्छ्रेको काखमा नायक पल शाह र नायिका वर्षा राउतको २ नम्बरी तस्विर !

काठमाडौँ । लकडाउनका कारण यतिबेला चलचित्र क्षेत्र पनि पूर्ण रुपमा प्रभावित बनेको छ । चलचित्रकर्मीहरु सबै होम क्वारेन्टाइनमा बसेका छन् । कतिपय कलाकारहरु त छायांकन नै बिचमा रोकेर लकडाउनका कारण दौडिदै घर जानु परेको थियो ।जसमध्येको एउटा चलचित्र हो चलचित्र ‘दुई नम्बरी’ । कास्की आसपासका स्थानमा छायांकन भइरहँदा मुलुक एक्कासी लकडाउनमा जाने निर्णय भएपछि उक्त चलचित्रका कलाकारहरु अभिनेता पल शाह , दयाहाङ राई र वर्षा राउत काठमाडौँ फर्किए ।

काठमाडौँ फर्किएपछि उनीहरु गरिव र असहायको सहयोगमा जुटेका छन् । यसैबिच हालैमात्र प्राविधिकहरुलाई ५ लाखको खाद्यान्न सहयोग गरेका नायक पलले माछापुछ्र्रेको काखमा गमीरहेको एउटा तस्विर आफ्नो इस्टामा पोष्ट गरेका छन् ।जुन तस्विर उनको चलचित्र चलचित्र ‘दुई नम्बरी’को छायांकनको समयमा खिचिएको नायक पलले उल्लेख गरेका छन् । तस्विरमा पलसँगै सुन्दरी वर्षा पनि छिन् । चलचित्रको निर्देशन गोपी, छ माया छपक्कै, लगायतका हिट फिल्मका निर्देशक दीपेन्द्र लामाले गरिरहेका छन् ।

Related Articles

Back to top button
Close