Tuesday, May 17

नयाँ इलेक्ट्रीक मोटरसाइकलको विक्री सुरु, यस्तो छ मूल्य

April 13, 2022 358

टोर्क मोटर्सले भारतमा उत्पादन गरेको ‘क्राटोस’ इलेक्ट्रीक मोटरसाइकलको विक्री सुरु भएको छ । केही समय अगाडि भारतीय बजारमा सार्वजनिक भएको यो क्राटोस इलेक्ट्रीकको विक्री सुरु भएको हो ।

टोर्क मोटरले ६ वर्ष अघि यसको कन्सेप्ट देखाएर उत्पादनमा जुटेको थियो ।

यसमा त्रिकोणाकार हेडल्याम्प कौल र एलइडी लाइट, सार्प लुकिङ ट्याङक, स्पील्ड पिलियन ग्रयावरेल, सार्प टेल सेक्सन, स्पील्ट सिट सेटअप जस्ता फिचर निकै आकर्षक छन् ।

यसमा राइडिङ कम्र्फटका लागि अग्लो सिंगल पिस ह्याण्डलबार र सेन्टरमा फुटपेग दिइएको छ । त्यस्तै यसको फ्रन्टमा टेलिस्कोपीक सस्पेन्सन र रियरमा मोनोशक सस्पेन्सन छ । यसको दुबैतर्फ डिस्क ब्रेक, १७ इन्चको अलोय ह्वील, फुल डिजिटल कन्सोल, टीएफटी डिस्प्ले, स्मार्ट फोन कनेक्टिभीटी, नेभिगेशन, चार्ज स्टाटस, राइड स्टाटस, क्र्यास अर्लट जस्ता फिचर यसमा पाउन सकिन्छ ।

टोर्क क्राटोसमा ७.५ किलोवाटको पिक मोटर रहेको छ भने ४ किलोवाटको ब्याट्री प्याक रहेको छ । यो ब्याट्रीले एक पटकको फुल चार्जमा १८० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने कम्पनीले दावी गरेको छ । कम्पनीका अनुसार यो ब्याट्री ०–८० प्रतिशत चार्ज गर्न मात्र एकघन्टा मात्र लाग्छ ।

कम्पनीले क्राटोस इलेक्ट्रीक स्कुटरलाई दुई भेरियन्टमा सार्वजनिक गरेको छ । क्राटोस टप भेरियन्टमा भने ९ किलोवाटको मोटर जडान भएको छ । टोर्क मोटर्सले क्राटोस स्याण्डर्ड भेरियन्टको मूल्य १ लाख २ हजार ४९९ र क्राटोस आरको मूल्य १ लाख १७ हजार ४९९ भारतीय रुपैयाँ निर्धारण गरेको छ ।

Comment