Saturday, May 21

रिलिज अघि नै यश स्टारर् ‘केजीएफः च्याप्टर २’ले गर्‍यो अनपेक्षित कमाइ, राख्यो नयाँ रेकर्ड

April 13, 2022 930

काठमाडौँ । पछिल्लो समय बलिउड उद्योगमा साउथ फिल्मको दबदबा छ । एकपछि अर्को हुँदै रिलिज भइरहेका साउथ फिल्महरूले बक्स अफिसमा नयाँ–नयाँ रिकर्ड बनाइरहेका छन् ।

साउथका सुपरस्टार अल्लु अर्जुनको ‘पुष्पा’, राम चरण र जुनियर एनटीआरको ‘आरआरआर’ले बक्स अफिसमा नयाँ रेकर्ड कायम गर्न सफल भएका छन् ।त्यस्तै साउथका अर्का सुपरस्टार यशको ‘केजीएफः च्याप्टर २’ रिलिजमा संघारमा छ । यो फिल्मको ट्रेलरसमेत रिलिज भइसकेको छ,

जसको कारण दर्शकमाझ थप कौतुहलता थपिएको छ । यो फिल्मले पनि ‘पुष्पा’ र ‘आरआरआर’ जस्तै बक्स अफिसमा धमाका मच्चाउने आँकलन गरिएको छ ।एसएस राजामौलीको निर्देशनमा तयार ‘आरआरआर’ले वल्र्डवाइड १००० करोडको कलेक्शन गरेर नयाँ रेकर्ड कायम गरेको छ ।

यसैबीच रिलिजको तयारीमा रहेको यश स्टारर् ‘केजीएफः च्पाप्टर २’ले एड्भान्स बूकिङमार्फत् नै २५ करोडको कलेक्शन गरिसकेको छ ।हिन्दूस्तन टाइम्सको रिपोर्ट अनुसार राम चरण र जुनियर एनटीआरको ‘आरआरआर’ले एडभान्स बूकिङमार्फत् ५ करोड कलेक्शन गरेको थियो ।

तर, ‘केजीएफः च्याप्टर २’ ले भने एड्भान्स बूकिङमार्फत् नै २५ करोडको कलेक्शन गर्दै नयाँ रेकर्ड कायम गरिसकेको छ ।रिपोर्टका अनुसार एडभान्स बूकिङमार्फत् ‘केजीएफः च्याप्टर २’को हिन्दी भर्सनले ११.४० करोड, तेलुगु भर्सनले ५ करोड, कन्नड भर्सनले ४.९० करोड,

तमिल भर्सनले २ करोड र मलायलम भर्सनले १.९० करोडको कलेक्शन गरेको हो ।१४ अप्रिलबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको यो फिल्ममा यशका साथै सञ्जय दत्त, रवीना टण्डन, श्रीनिधिलगायत पनि मुख्य भूमिकामा छन् ।

Comment