Tuesday, May 17

चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, यस्ता छन् रोचक जानकारी ।

April 13, 2022 1262

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह सामाजिक सञ्जालमा सक्रिय हुँदै आएकी छिन् । पछिल्लो समय उनले आकर्षक तस्बिरहरु सार्वजनिक गर्दै आईरहेकी छिन् ।
जन्म: बि.स.२०५२ मंसिर २ गते काठमाडौंमा मोडल महेशबिक्रम शाह र गायिका नेहा राज्यलक्ष्मी शाहको सन्तानको रुपमा बिरगंजमा जन्मिएकी थिईन । उनको न्वारानको नाम भने प्रीयन्का शाह हो ।

चलचित्र क्षेत्रमा डेब्यु– नेपाली फिल्म क्षेत्रमा भुवन केसी निर्मित ‘ड्रिम्स’बाट अभिनय सुरु गरेकी शाहलाई पहिलो फिल्मबाटै सफलता हात पर्यो । त्यसपछि ‘ए मेरो हजुर २’ अभिनय गरेकी उनले यसबाट पनि ठूलो सफलता हात पारिन् ।

उनले अहिलेसम्म ‘तिमी सँग’, ‘कायर’, ‘रातो टिका निधारमा’, ‘मारुनी’, ‘इन्टु मिन्टु लण्डनमा’ जस्ता फिल्महरुमा अभिनय गरेसकेकी छिन् ।गतबर्ष साम्राज्ञी अभिनित २ चलचित्र ‘मारुनी र रातो टिका निधारमा’ रिलिज भए । दुबै चलचित्र बक्स अफिसमा पछारिदा साम्राज्ञीको क्रेज कमजोर बनेको टिप्पणी भयो ।

बिबाद– उनी केही अगाडि अभिनेता भुवन केसीसँग बिवादमा समेत फसेकी थिइन् । शाहको प्रेम, ट्याटु र केही अभिव्यक्ति समेत चर्चाको बिषय बनेको थियो ।

नायक भूवन केसीसँगको विवादपछि साम्राज्ञीलाई निर्माताले अब पत्याउँदैनन् भन्ने खालका विश्लेषण पनि भए । तर, साम्राज्ञीलाई चलचित्रको अफरमा भने कुनै कमी देखिएको छैन ।

महँगो पारिश्रमिक – उनले चलचित्र ‘रेड वाइन’का लागि १२ लाख पारिश्रमिक लिएको वुझिएको छ । यो चलचित्रको सम्पूर्ण छायांकन अमेरिकामा हुने बताईएको थियो ।

साम्राज्ञीले गत बर्ष काम गरेका दुई चलचित्र ‘मारुनी र रातो टिका निधारमा’मा पनि १० लाख माथि नै पारिश्रमिक लिएकी थिइन् । यसरी हेर्दा, उनी महँगो पारिश्रमिक लिने नायिकामा पर्छिन ।पहिलो चलचित्रबाट नै सफलता हात पारेकी यी सुन्दरीले दोश्रो चलचित्र ‘ए मेरो हजुर २’ हिट भएपछि आफूलाई यो क्षेत्रमा बलियो रुपमा उभ्याएकी थिइन् ।

तर, चलचित्र करिअरको यात्रामा साम्राज्ञीका लागि यसपछिका दिनहरु खासै सुखद बनेका छैनन् । ‘तिमी सँग, कायरा, मारुनी, रातो टिका निधारमा’ जस्ता चलचित्रले उनलाई सफलताको स्वाद चखाउन सकेनन् । चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट भने उनलाई फाइदा नै भयो ।

साम्राज्ञीको करिअरमा विवाद पनि एकसाथ अगाडि बढेको देखिन्छ । नायक भूवन केसीसँगको वाकयुद्धले लकडाउन अवधीभर उनलाई चर्चामा राखेको थियो ।यो बाहेक प्रेम सम्बन्धले पनि उनी चर्चामा रहेको पाइन्छ । बालीमा रमाउने क्रममा खिचाएका केही तस्वीरले उनलाई आलोचना भोग्न वाध्य बनायो । चलचित्र ‘कायरा’को छायांकनका क्रममा खोपेको ट्याटुले पनि उनलाई आलोचित बनायो ।

लकडाउनपछि ३ वटा चलचित्र साइन गरेकी साम्राज्ञीप्रतिको विश्वास अझै पनि निर्मातामा कम भएको भने छैन । नेपाली चलचित्रमा यूवापुस्तालाई हलसम्म तान्न उनको भूमिका पनि विर्सन सकिदैन ।

Comment