Tuesday, May 17

चर्चित गायिका मिलन नेवार, यस्ता छन् रोचक जानकारी ।

April 13, 2022 433

केही समय अगाडी सांगीतिक बजारमा ‘फूलबुट्टे सारी’ गीत निकै चर्चित बन्यो । जुन गीतको गायका थिईन् मिलन नेवार । गायिका मिलन नेवारले गाएको ‘फूलबट्टे सारी’ गीत सामाजिक सञ्जाल ‘टिकटक’लगायतमा भाइरल बन्यो । छोटो समयमै यु–ट्युबमा करोड क्लवमा पनि प्रवेश गर्यो । गीत संगै उनी पनि चर्चित बनिन् ।

मिलनले नै गाएको ‘गाला रातै’ गीतले पनि निकै चर्चा कमाएको थियो तर गित जति चर्चा उनको हुन सकेको थिएन । यघपि यो गित गाउदा मिलन नेपाली पार्श्व गायनको शीर्ष स्थानमा थिइन् । उनको उदय त्यही मोडमा भएको थियो, जतिबेला पारिवारिक झमेलाका कारण अर्की गायिका अन्जु पन्त सुस्ताएकी थिइन् ।

भन्नेहरु भन्थे, ‘मिलनले अन्जुको ठाउँ खोस्यो ।’ मिलन भने कसैको ठाउँ ओगट्ने नभई आफ्नो पहिचान स्थापित गर्न लागिपरेको बताउँथिन् । जे भएपनि, त्यो उनको समय थियो । उनका लागि सरस्वती दाहिना थिइन्, पार्श्व गायनमा एकछत्र राज थियो ।

भ्वाइस अफ किड्सको यात्रा – मिलन आफुलाई निकै अगाडि बढाईन । चर्चित रियालिटी शो को जज समेत बनिन् । कोचको रुपमा उनलाई धेरै दर्शक तथा स्रोतले रुचाए । सुमधुर स्वर र कोच रुपमा निभाएको भुमिकाको कारण झनै सुगन्ध थपिदियो ।

बिबाह र डिभोर्स –
२०७४ साल असोज २ गते । नेपाली सञ्चारमाध्यमहरुमा गायिका मिलन अमात्यको डिभोर्सको समाचार छ्यापछ्याप्ती भए । मिलन अमात्य र मेन्सन अमात्यले सोही दिन काठमाडौं जिल्ला अदालतमा पुगेर पारपाचुके गरेका थिए ।

सन् २०११ मा मागी विवाह गरेका उनीहरुले पारिवारिक खटपटका कारण डिभोर्स गरेको बताएका थिए । मिलनले मेन्सनलाई संगीतिक करिअरमा सहयोग नगरेको र यसमा बाधा पुर्‍याउन खोजेको आरोप लगाउँदै डिभोर्स दिएकी थिइन् ।

विवाहको योजना ! –
डिभोर्सपछि मिलन एक्लो जीवन बिताइरहेकी छिन् । उनी आफू अहिले प्रेममा पनि नभएको बताउँछिन् । तर विवाह गर्ने सोचमा छिन् । ‘अहिले म बुढी भइसकेकी छैन नि,’ ठट्यौली शैलीमा उनले भनिन्, ‘विवाह त पक्कै गर्नेछु, तर कहिले गर्छु भन्ने योजना बनाइसकेको छैन ।’

मिलनको नेपाल प्रवेश – आसाममा जन्मिएकी मिलनको परिवार संगीतिक थियो । उनका मामा कृष्ण मिजाल र ठुलीआमा डुकुना नेवार आसामको सांगीतिक आकाशमा सफल थिए । उनीहरुको छत्रछायामा हुर्केकी मिलनले १३ वर्षको उमेरमा स्टेजमा गाउन थालिन् ।

मिलनको करिअरको टर्निङ प्वाइन्ट भने सन् २००३ मा भएको एक प्रतियोगिता भयो । जयपुरमा भएको प्रतियोगितामा उनी फस्ट रनरअप भइन् । उनी भन्छिन्, ‘त्यो उपाधीपछि मैले आसाममा आएर धेरै गीतहरु रेकर्ड गराउने अवसर पाएँ ।’

मिलनले आसाममा १० वटा एल्बम निकालिन्, जसमध्ये केही नेपाली गीतका पनि छन् । नेपाली गीत संगीत गाउन भने आफूलाई बाबाले प्रेरित गरेको सुनाउँछिन् ।

त्यसबेला आसाममा नेपाली गीतका एल्बमहरु कमै मात्र पाइन्थे, तर बाबाले टाढाटाढा पुगेर नेपाली गीतका एल्बमहरु ल्याएर सुन्न लगाएको उनलाई याद छ । त्यही क्रममा उनी ‘मिलन’ एल्बमको तयारीसहित नेपाल आइन् ।

एल्बमको तयारीको क्रममा मेन्सनसँग भेट भयो । मिलन एल्बम बजारमा आउँदासम्म दुई मन एक भइसकेको थियो । एल्बमका समावेश गीतहरु ‘जहिलेसम्म संसारमा’, ‘शिरीमा शिरी’ लगायतले राम्रै चर्चा पाए । मिलनले राम्रो ‘इन्ट्री’ मारिन् ।

चलचित्र नोटबुकको ‘गाला रातै’ र कालीको ‘बट स्लोली स्लोली’ गीतले उनलाई स्थापित नै गरायो । ‘यति छोटो समयमा नै सफल हुन्छु भन्ने सोचेको थिइनँ,’ उनी भन्छिन् ।

गायनसँगै मिलनले केही आफ्ना गीतको भिडियोमा मोडलिङ पनि गरेकी छन् । ‘सानैदेखि मोडलिङमा पनि रहर थियो । त्यही रहर पूरा गर्न केही भिडियोमा देखिएकी हुँ,’ उनले भनिन्, ‘तर अरुको गीतमा मोडलिङ गर्ने योजना भने छैन ।’

भारत आसामकी गायिका मिलन नेवार गायनको कर्मभूमि बनाउन नेपाल छिरिन्, नेपालीको मन पनि जितिन् । नेपालीमूलका धेरै भारतीय नागरिकले आफ्नो कलाको कर्मस्थल नेपाललाई बनाएका छन् ।

यस्तै धेरै नेपाली भारतमा पुगेर कलाको क्षमता उजागर गरेका छन् । यहीको निरन्तरतामा गायिका मिलन पनि नेपाल आइन् । एकाएक गायकी क्षमता र सुमुधर स्वरकी धनी मिलनले नेपालीको मन जितिन्, सबैको मन मनमा बस्न सफल भइन् ।

Comment