International

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४४८ पुग्यो, एकैदिन २६ को मृत्यु

काठमाडौं, ५ वैशाख । कोरोना भाइरसको संक्रमणले दक्षिणी छिमेकी राष्ट्र भारतको स्थिति पनि भयावह बन्दै गएको छ । भारतमा हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ ।भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण ४४८ जनाले ज्यान गुमाएका छन् भने १३ हजार ४३० जना संक्रमित भएका छन् । बिहीबार मात्रै त्यहाँ २६ जनाको मृत्यु भएको छ । बुधबारसम्म भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२२ थियो ।


पछिल्लाे २४ घण्टामा मात्रै भारतमा ८८३ नयाँ संक्रमति थपिएका छन् । भारतमा कुल संक्रमितमध्ये १ हजार ७६८ जना उपचारपछि निको भएका छन् । बाँकी ११ हजार २१४ जना उपचाररत रहेको वल्र्डोमिटर्सको तथ्यांकमा जनाइएको छ ।
पछिल्ला तथ्यहरूका अनुसार भारतमा महामारी नियन्त्रणका प्रयास प्रभावकारी नहुने हो भने यसले इटली र स्पेनकै जस्तो भयावह अवस्था निम्त्याउने त्यहाँका जनस्वास्थ्य विज्ञहरूले बताउँदैन आएका छन् ।

Related Articles

Back to top button
Close