International

ट्रम्पलाई काउण्टर दिदै बिलगेट्सले गरे डब्लूएचओलाइ १५ करोड डलर सहयोगको घोषणा

अमेरिकी धनाढ्य बिल गेट्स र उनका श्रीमती मेलिन्डाले कोरोना भाइरसविरुद्धको कदमका लागि विश्व स्वास्थ्य संगठनलाई थप १५ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका छन्। मेलिन्डाले ट्वीटरबाट सो रकम डब्लूएचओलाई गेट्स फाउन्डेसनमार्फत् प्रदान गर्ने घोषणा गरेकी छिन्।

यसअघि पनि गेट्स फाउन्डेसनले दश करोड डलरभन्दा बढी रकम डब्लूएचओलाई सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो। यससँगै गेट्स दम्पत्तिले २५ करोड डलरभन्दा बढी रकम डब्लूएचओलाई सहयोग हस्तान्तरण गर्ने भएका छन्।

मेलिन्डा गेट्सले ट्वीटमा भनेकी छिन्,‘हामीले कोरोना भाइरसलाई परास्त गर्न एक भएर अगाडि बढ्नुपर्छ।’बुधबारमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले डब्लूएचओलाई प्रदान गर्दै आएको सहयोग रोक्ने घोषणा गरेका थिए।

बिल गेट्सले संकटको बेला अमेरिकाले सहयोग नगरे झन् खराबस्थिती पैदा हुने प्रतिक्रिया जनाएका थिए। डब्लूएचओका प्रमुख डाक्टर टेडरोस एडह्यानम गिब्रियसुसले बिल गेट्स दम्पत्तिलाई सहयोगको लागि धन्यवाद दिएका छन्।

ट्रम्पले डब्लूएचओलाइ सहयोग रोक्ने घोषणा गरेकै बेला गेट्सले थप सहयोग गर्नुलाई मानविय सहयोग र ट्रम्पमाथीको काउण्टरका रुपमा हेरिएको छ ।

Related Articles

Back to top button