Wednesday, May 18

बलिउडमा प्रवेश गर्ने बारे के भन्छन् अभिनेता महेश बाबू ?

April 13, 2022 223

काठमाण्डौं । पछिल्लो समय बलिउडका लागि साउथ फिल्म चट्टानको पहाड बनेर खडा भएको छ । एसएस राजामौली निर्देशित फिल्म ‘बाहुबली’बाट पेन इन्डिया फिल्मप्रति क्रेज चुलिएको थियो । ‘केजीएफ’, ‘पुष्पा’, ‘आरआरआर’ जस्ता फिल्मले बलिउडमा साउथको दबदबा थप बढायो ।

साउथ फिल्मको बढ्दो क्रेजलाई मध्यनजर गर्दै बलिउड कलाकारले समेत साउथ फिल्ममा अभिनय गर्न थालेका छन् ।साउथ स्टारहरू पनि बलिउड फिल्ममा काम गर्ने तयारीमा छन् ।

लामो समयदेखि साउथ सुपरस्टार महेश बाबूले बलिउडमा डेब्यू गर्न लागेको चर्चा चलिरहेको छ । उनलाई केही हिन्दी फिल्मबाट अफर पनि गरिएको छ । तर, हालै एक अन्तर्वार्तामा उनले आफूलाई हिन्दी फिल्ममा काम गर्न आवश्यक नभएको बताएका छन् । आफू तेलुगु फिल्ममा मात्र काम गर्ने उनको भनाइ छ ।

महेशले हलिउड फिल्ममा काम गर्न लागेको चर्चालाई पनि खण्डन गरेका छन् । उनले अहिलेसम्म आफू कुनै हलिउड फिल्ममा आबद्ध नभएको स्पष्ट पारेका छन् । मे १२ मा रिलिज हुन लागेको फिल्म ‘सरकारू वारी पाटा’मा देखिने तयारीमा रहेका महेश बाबुले नयाँ फिल्म एसएस राजामौलीसँग गर्दैछन् । उनी पहिलोपटक राजामौलीसँग काम गर्नका लागि उत्साहित देखिएका छन् ।

Comment