News

कोरोना आशंका गरिएको धरानकी खड्गीमायाँको मृत्यु

धरान । सुनसरीको धरान स्थित ११ नम्बर वडामा बसोबास गर्दै आएकी ४५ बर्षिय महिलाको मृत्यु भएको छ । ज्वरो आएको र स्वास फेर्ने गाहे भएको भन्दै कोरोना आशंकमा धरान वीपी कोईराला विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।धनकुटा महालक्ष्मि नगरपालिका ७ घर भई हाल धरानमा बस्दै आएकी कार्कीको प्रतिष्ठानमै मृत्यु भएको हो ।

कार्कीको स्वाब तानि चेक गर्दा कोरोना नेगेटिभ देखाएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । कोरोना आशंका अस्पताल पुगेकी उनको निमोनियाको कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका डिएसपी विनोद शर्माले बताए ।कोरोना आशंका गरेर अस्पताल भर्ना भएकी उनको निमोनियाक कारण मृत्यु भएको डाक्टरहरुले भनेका छन डिएसपी बिनोद शर्माले भने । उक्त महिलाको थ्रेड स्वाब तानि चेक गर्दा कोरोना नेगेटिभ देखाएको थियो ।

Related Articles

Back to top button