काठमाडौ, नेपाली चलचित्र क्षेत्रमा यतिखेर २ चलचित्रलाई लिएर एकदमै चर्चा चलिरहेको छ, एउटा हो हिन्दी चलचित्र ‘केजिएफ च्याप्टर २‘ र अर्को हो नेपाली चलचित्र ‘ए मेरो हजुर ४‘को।
बैशाख १ गते रिलिज डेट तय गरेको चलचित्र ‘ए मेरो हजुर ४’ले भारतीय चलचित्र केजिएफ च्याप्टर २ सङ्ग प्रतिस्पर्धा गर्नुपर्ने छ। ‘पुष्पा’ ‘आर आर आर’जस्ता भारतिय चलचित्रमा दर्शकको बाक्लो उपस्थिति थियो भने पल शाह, पुजा शर्मा लगायत कलाकार रहेको चलचित्र ‘म यस्तो गीत गाउछु २’ले नेपाली दर्शकलाइ फेरि हलसम्म तानेको थियो।
भारतीय चलचित्रले गर्दा नेपाली चलचित्र क्षेत्रको भबिस्य नै अन्योलमा परेको कलाकार तथा निर्माता दिपक राज गिरिले भने आफु नेपाली फिल्म निर्माता भएका नाताले ‘ए मेरो हजुर ४’ हेर्ने बताएका छन। उनले फेसबुक मार्फत भनेका छन
” नेपाली फिल्म निर्माताको हिसाबले म पहिला ए मेरो हजूर नै हेर्छू ! एक दर्शक को हिसाबले KGF पनि हेर्छू ! तर कसैलाइ गालि गलौच गर्दिन……शुभ सन्ध्या।”
बैशाख १ गते नै रिलिज हुन लागेको भारतीय चलचित्र केजिएफको भने व्यापार आक्रमक हुने देखिन्छ। ‘केजिएफ च्याप्टर २’ टिकट बुकिङ खुल्ला गरेको तेस्रो दिन नै टिकट सकिएको हल संचालक बताउँछन।तर उता ‘ए मेरो हजुर ४’का मुख्य भुमिकामा रहेका कलाकर अनमोल केसि र सुहाना थापा भने नेपाली दर्शकहरुले नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ हेर्न हल सम्म आउनेमा आशाबादी रहेको बताउनु भयो।
Comment