News

मोरङको बुढिगंगा-१ की २७ वर्षीया युवतिको आरडीटी रिपोर्ट पोजेटिभ

विराटनगर / मोरङको बुढिगंगा गाउँपालिका–१ की युवतिमा कोरोना भाइरसको एण्टीबडी देखिएको छ । करीव एक महिनाअघि बैङ्लोरबाट अध्ययन गरी घर आएकी २७ वर्षीया युवतिको द्रुत पहिचान परीक्षण अर्थात र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गर्दा उनको रिपोर्ट पोजेटिभ देखिएको जनाइएको छ ।

बुढिगंगा–३ स्थित सामुदायिक स्वास्थ्य केन्द्रमा गरिएको आरडीटी परीक्षणका क्रममा एण्टीबडी पोजेटिभ भेटिएको वडा नम्बर १ का वडाध्यक्ष युवराज पौडेलले बताए । उनको स्वाब परीक्षणका लागि कोसी अस्पताल लैजान आवश्यक तयारी गरिरहेको जनाइएको छ । युवति गत चैत १० गते घर आइपुगेकी थिइन् । उनीसँगै आएकी अर्की युवतिको रिपोर्ट भने नेगेटिभ आएको जनाइएको छ ।

Related Articles

Back to top button
Close