Saturday, May 21

गायिकासँग लफडामा परेका पल शाहका लागि आयो खुसीको खबर, बन्यो नयाँ रेकर्ड !

April 12, 2022 2083

पल शाह एक सफल नेपाली चलचित्र अभिनेता तथा मोडल हुन् तर अहिले उनि ज’बरजस्ती कर’णीको आरोपमा जे’ल जीवन बिताइ रहदा यता भने उनले सर्वोत्कृष्ट नायकको अवार्ड पाएका छन् ।

चलचित्र विकास बोर्डमा आज बाँडिएको बक्स अफिस फिल्म अवार्डमा पल शाह सर्वोत्कृष्ट नायक ठहरिएका हुन् भने पूजा शर्मा सर्वोत्कृष्ट नायिका बन्न सफल भइन् ।

‘म यस्तो गीत गाउँछु २’ बाट पलले सर्वोत्कृष्ट नायकको अवार्ड पाउँदा सोही चलचित्रबाट पूजा शर्माले पनि सर्वोत्कृष्ट नायिकाको अवार्ड हात पारिन । यसैगरी सोही चलचित्रबाट सुदर्शन थापाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् ।

चलचित्रले यस वर्षकै सफल चलचित्रको अवार्डसमेत पाएको छ । अवार्ड समारोहमा निर्देशक थापा र नायिका पूजा शर्मा उपस्थित थिए भने जे’लमा रहेका पल शाह उपस्थित नरहेकाले उनको अवार्ड पनि पुजाले थापेकी थिइन् ।

Comment