News

लकडाउनमा आमालाई सघाउदै नायक आर्यन सिग्देल, भन्छन- मन लागेको कुरा गर्नुहोस् तर घरबाट ननिस्कनुहोस्

काठमाडौं । विश्वव्यापी रुपमा फै,लिएको कोरोनाभाइरसको रो,कथाम र नि,यन्त्रणको लागि अहिले देशभर लकडाउन गरिएको छ । लकडाउनको बेला नेपाली चलचित्र क्षेत्रका सबै कलाकारहरु घरमै परिवारसँग समय बिताइरहेका छन् । लकडाउनका कारण फुर्सदिला बनेका कलाकारहरु कोही फिल्मको स्क्रिप्ट लेख्दै छन् त कोही आफ्नो घरमा काम गरिरहेका छन् ।

यस्तै लकडाउनमा फुर्सदिला बनेका अभिनेता आर्यन सिग्देल पनि परिवारसँग समय बिताइरहेका छन् । बिहीबार उनले एक तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेका छन् । तस्बिरमा उनले खेतमा खनिरहेका छन् । खेतमा उनले आमालाई सघाइरहेको बताएका छन् । उनले लेखेका छन्-‘ममीसँग काम गर्दै छु । तपाईंहरु आफूलाई मन लागेको कुरा गर्नुहोस् । तर, घरबाट ननिस्कनुहोस् ।’

Related Articles

Back to top button