Saturday, May 21

मलेसियाको Volvo Sdn ले बेसिक तलब १८ सय दिने, नेपाली कामदारको ठूलो माग

April 12, 2022 334

मलेसियाको कार सेल्स तथा सर्भिस कम्पनी Volvo malaysia sdn ले नेपाली कामदारको माग गरेको छ भने न्युनतम तलब समेत वृद्धि गरेको छ ।

मलेसियाली Volvo malaysia sdn ले कामदारलाई RM 18 सय न्युनतम तलब दिने स्थानीय संचार माध्यमले जनाएको छ ।

मलेसियामा न्युनतम तलब सरकारले १५ सय दिनै पर्ने नियम लगाय संगै कम्पनीहरु न्युनतम तलब घोषणा गर्दै आएका छन् ।

मलेसियामा राम्रो तथा ठुला कम्पनीहरुले आफ्ना कर्मचारी तथा कामदारको तलब वृद्धिको घोषणा गर्दै आएका हुन् ।

Volvo पनि मलेसियामा राम्रो कम्पनी मध्य एक मानिने गर्छ भने यसका शाखाहरु धेरै स्थानमा रहेकाले समेत ठूलो संख्यामा कर्मचारी आवश्यक पर्ने जनाएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सिलाई हवाला दिदै स्थानिय मिडिले रिपोर्ट गरेका छन कि Volvo ले सरकारको भनेकै समयमा न्युनतम तलब बृद्दी गर्यो तर न्युनतम तलब भने 18 सय दिने निर्णय गरेको छ ।

volvo ले यो न्युनतम तलब मलेसियन तथा बिदेशी कामदार दुबैमा लागू गर्ने समेत जनाएको छ । जसले गर्दा बिदेशि कामदार लाभान्वित हुने बताइएको छ ।

Comment