News

९ घर विपन्न परिवारलाई रमेश प्रसाईंको व्यक्तिगत खाद्यान्न सहयोग

काठमाडौं / विश्वभर फैलिरहेको नोभेल कोरोना भाइरस (कोभिड-१९) रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेको आज २३ अौं दिन हो । गत चैत ११ गतेबाट सुरु गरिएको लकडाउन बैशाख १५ सम्म जारी रहनेछ ।

तर, यस बिचमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको दैनिकिमा निकै ठूलो असर परेको छ । सरकारले रहात वितरण गरेपनि उपलब्ध भएको राहतबाट लकडाउनभरि छाकटार्न नपुग्ने मजदुरहरु गुनासो गर्छन् ।त्यस्तै लकडाउनको चपेटामा परेका ९ घर विपन्न परिवारलाई धरानका रमेश प्रसाईंले व्यक्तिगत १६ हजार बराबरको खाद्यान्न सहयोग गरेको उनका साथी जीवन विष्टले बताउनु भयो ।

रमेश प्रसाईं समसामयिक बिषयमा सामाजिक सञ्जाल मार्फत कडा अभिव्यक्ति दिँदै चर्चामा आएका हुन् ।उनले गतबर्ष पव्लिक स्पिकरको उपाधी पनि चुमिसकेको छ । देशनै कोभिड-१९ त्रासमा रहेको बेला किसानीहरु पनि मारमा परेको खबरहरु आइरहेको छ ।खेतबारीमा फलेको फलफूल तरकारी बजार सम्म पुर्‍याउन नपाउँदा किसानहरु दुखी बनेका छन् ।

Related Articles

Back to top button