News

काठमाडौंको बूढानीलकण्ठमा र्‍यापिड टेस्ट गर्दा एक महिलामा देखियो कोरोना पोजेटिभ

काठमाडौं – काठमाडौंको बूढानीलकण्ठमा एक महिलामा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गर्दा कोरोना पोजेटिभ देखिएको छ । कोरोना पोजेटिभ देखिनेमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ९ मा बस्ने एक ३१ वर्षीय महिला रहेकी छिन् । उनलाई बुधबार र्यापिड डाइग्नोस्टिक टेस्ट गर्दा कोरोना पोजेटिभ देखिएको नगरपालिका प्रमुख उद्धवप्रसाद खरेलले जानकारी गराएका छन् । कोरोना पोजेटिभ देखिएकी महिला इटलीबाट आएकी हुन् । उनको थप परिक्षबाट मात्र कोरोना पुष्टि हुने हुनाले पीसीआर टेष्टका लागि टेकु अस्पताल पठाइएको जनाइएको छ ।

Related Articles

Back to top button
Close