News

भारतबाट ल्याइएको ९२ हजार १२५ किलो टमाटर नष्ट गरियो

दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले भारतबाट ल्याइएको टमाटर नियन्त्रणमा लिएर नष्ट गरेको छ । भारतबाट टमाटर आइरहेको खबर पाएपछि बेलदमार पुगेर टमाटर नियन्त्रणमा लिएको संघका महासचिव नरेशकार्कीले जानकारी दिए ।टमाटर ल्याउने पक्षसँग कहाबाट ल्याएको र कहाँ लैजाने भन्ने कुनै आधिकारिक प्रमाण नभएको कार्कीले बताए । सो गाडी नेपाली भए तापनि टमाटर भने भारतबाट ल्याएको भन्ने धेरै आधारहरु भेटिएपछि संघमा ल्याएर सरोकारवालाहरु सँगको छलफलपछि नष्ट गर्ने निणय गरेको हो ।

लु१च १९६२ नम्बरको गाडीमा ल्याउँदै गरेको ८५ क्यारेड ९२ हजार १२५ किलो टमाटर नियन्त्रणमा लिएको संघका अध्यक्ष नाराणणप्रसाद भुसालले जानकारी दिए । संघले बाहिरी जिल्लाबाट तरकारी तथा फलफूल ल्याउन रोक लगाएको छ । तर व्यवसायीहरुले अटेरी गरेर ल्याएकाले नियन्त्रमा ल्याएको संघले जनाएको छ ।टमाटर नियन्त्रणमा लिनका लागि संघका अध्यक्ष नारायणप्रसाद भुसालको नेतृत्वमा संघका कोषाध्यक्ष सुशील पोख्रेल र सदस्य महेन्द्र बुढाथोकीको सहभागिता रहेको थियो ।

Related Articles

Back to top button
Close