Video

फेरी विवादमा दुर्गेश थापा: भर्खरै सार्वजनिक भएको गीतमा छन् यस्ता अश्लिल शब्द, फ्यानले नै भने ‘प्रतिबन्ध लगाउ’ (भिडियो हेर्नुस्)

काठमाडौं, ३ वैशाख । गायक दुर्गेश थापाले भर्खरै नयाँ गीत सार्वजनिक गरेका छन् । हालै ‘द मास्कर’ बोलको गीत युट्युबमार्फत सार्वजनिक भएपछि गीतमा मिश्रित प्रतिकृया आएको छ । गीतमा प्रयोग भएको शब्दलाई लिएर केही फ्यानले उनको आलोचना गरेका छन् ।

‘बीच बीचमा’ बोलको गीत गाएर निकै चर्चा कमाएका दुर्गेशलाई उनका फ्यानले एक पटक त्यही गीत राम्रो संग सुन्न सुझाव दिएका छन् । उनले यस अघि गाएको एउटा अर्को गीतले पनि आलोचना सहेको थियो । उनले प्रहरीको हिरासतमा पनि पुग्नु परेको थियो । ‘ह्याप्पी तिहार’ ले उनलाई विवादमा तानिएका थिए । भर्खर सार्वजनिक भएको गीतमा पनि उनका केही दर्शकले प्रतिवन्ध लगाउन माग गरेका छन् ।

‘हयाप्पी तिहार’ बोलको गीतमा प्रयोग गरिएका केही शब्दमा आपत्ति जनाउँदै विरोध भएपछि उक्त गीत उनले युट्युबबाट हटाएर परिमार्जन सहित पुनः सार्वजनिक गरेका थिए ।

दुर्गेशले सोमबार सार्वजनिक गरेको गीतमा हजारभन्दा बढी प्रतिक्रिया आएका छन् । तीमध्ये केहीले यो गीत निकै दमदार भए पनि त्यसमा प्रयोग भएको शब्द नपच्ने खालको भनेका छन । गीतको श्रोता र दर्शक १८ वर्षका मात्र हुँदैनन् एक जना उनका फ्यानले लेखेका छन् ।

‘दुर्गेश थापाको नयाँ गीत आएको रैछ, यसो सुनेको संसारकै उत्कृष्ट लिरिक्स रहेछ, अन्तर्राष्ट्रिय अवार्ड थाप्नुहुने भयो,’ एक प्रयोगकर्ताले फेसबूकमा लेखेकी छिन्, ‘यस्तो गीत गाउनुभन्दा मागेर खानु राम्रो ।’

युट्युबमा भने धेरैले गीतले मन जितेको पनि बताएका छन् । दुर्गेशका केही डाइहार्ड फ्यानले गीत मन परेको लेखेका छन् । गीतमा राजनीतिक दलका नेतालाई गरिएको ब्यग्यंको भने सबैले समर्थन गरेका छन् । ‘निर्मला पन्तको बारेमा बोलेको राम्रो लाग्यो, गीत त हावा नै हो,’ एक प्रयोगकर्ताले युट्युबमा कमेन्ट गरेका छन् ।

गीतमा प्रयोग गरिएका शब्दलाई लिएर धेरैले विरोध गरेका हुन् । धेरैले अश्लिल शब्द प्रयोग नगरेर पनि टिप्पणी गर्न सकिने भन्दै गायक पशुपति शर्माको गीत सुन्न सुझाव दिएका छन् । नारायण आचार्यले लेखेका छन्, ‘यो गीत दामी छ भन्नेहरु पनि एउटा समाजकै विकृति हुन् ।’ दुर्गेशले गीतमा केही छाडा शब्दको प्रयोग गर्दै समाजमा देखिएका विकृतिलाई गाली गरेका छन् । तर, उनले विकृतिलाई गाली गर्न पनि त्यस्तै भाषाको प्रयोग गरेको भन्दै दर्शकले असहमति जनाएका छन् ।

‘म पनि एक साहित्य क्षेत्रमा रुचि राख्ने भएकोले गायक दुर्गेश थापा निकै राम्रो मोडेल तथा गायक जस्तो लागेको थियो तर पछिल्लो समयमा उनको नयाँ गीत आएको रहेछ, जसले यो गीत दामी छ भनेर कमेन्ट गरेका छन् त्यी पनि नेपाली समाजमा विकृति ल्याउने मानिस हुन् ,’ अमृता पौडेलले कमेन्ट गरेकी छिन्, ‘ओहो भगवान यस्तो गीत परिवारको माझ बसेर कसरी सुन्ने ? छोराछोरी यस्तो गीत सुनेर कुन मार्गमा जालान्, यसलाई दुर्गेश थापाको कला होइन अत्यधिक छाडा गीत मानिन्छ, अब हाम्रो संस्कृति कतातिर जान्छ ? भिडियोको तल गरिएको कमेन्टमा गएर प्रतिकृया हेर्न सक्नुहुन्छ ।

Related Articles

Back to top button
Close