News

अस्पतालले उपचार गर्न नमाने पछि एक नेपालिको न्युयोर्कमा कोरोनाको कारण कोठामै मृत्यु…

न्यूयोर्क, अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ बर्षिय पवनकुमार मल्लको को’रोना संक्रमणका कारण मृ’त्यु भएको छ । बिगत ३ हप्तादेखी बि’रामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधवार बिहान मृत्यु भएको हो ।

को’रोना भाइरसका कारण बिरामी परेका प्रकाश भनेर चिनिने पवनकुमार उपचारका लागि केहीदिन पहिले अस्पताल पुगेका थिए, तर अस्पतालले ठाँउ नभएको भन्दै भर्ना लिन नमानेको बताइन्छ । मल्लका एक श्रीमती र दुई छोरी नेपालमा छन् । सन् २०१२ मा अमेरिका आएका मल्लले केही समय पहिले न्यूयोर्कमा ग्रिन क्याब नामक ट्याक्सी चलाउँथे ।उनि नेपाल प्रहरीको असई थिए ।

पवनकुमारको आफ्नो मान्छे बताउने पद्यमा प्रधानले प्रहरीले आवश्यक सु’चना लिएर केही समयपछी मृ’त्युदर्ता लिन आउनु भनेको जानकारी दिएकी छन् । पद्यमाले भनिन्,-‘पवनभाई र मेरो परिवार केही समय अपार्टमेन्ट सेयरिङ गरेर बस्यौं, साहै्र दुखद भयो, भाईको आ’त्माले शान्ति पाओस् ।

’हाल सम्म अमेरिकामा सात जना नेपालीको को’रोना भाइरस संक्रमणका कारण मृ’त्यु भईसकेको छ । यहाँ संक्रमितको संख्या समेत २ सय हा’राहारीमा रहेको बताइन्छ ।

Related Articles

Back to top button
Close