International

अमेरिकामा फेरि एकैदिन २४ सय बढीको मृत्यु, २८ हजार नाघ्यो ज्यान गुमाउनेको संख्या

काठमाडौँ, ४ वैशाख । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड १९) का कारण लगातार दोस्रो दिन पनि २४ सयभन्दा बढीको मृत्यु भएको छ ।

कोरोनाबाट बुधबार मात्र त्यहाँ २ हजार ४८२ जनाको मृत्यु भएको छ । एकै दिन कोरोनाबाट यति धेरै संख्यामा मृत्यु भएको यो नै पहिलो घटना हो । यसअघि अमेरिकामा अप्रिल ११ मा २ हजार ३५ जनाकाे मृत्यु भएकाे थियाे भने मंगलबार २४ सय ७ जनाको मृत्यु भएको थियाे ।

यससँगै कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या २८ हजार ५२९ पुगेको वल्र्डोमिटर्सले जनाएको छ ।

बुधबार एकै दिनमा अमेरिकामा ३० हजार २०६ जना नयाँ संक्रमित फेला परेका छन् । यस सँगै कुल संक्रमितको संख्या ६ लाख ४४ हजार ८९ पुगेको छ । संक्रमितको तुलनामा दैनिक मृत्यु अघिल्लो साताको भन्दा यस साता उच्च देखिएको छ ।

त्यहाँसको सबैभन्दा बढी प्रभावित राज्य न्यूयोर्कमा मात्रै कोरोना संक्रमणका कारण ११ हजार ५८६ को ज्यान गइसकेको छ । त्यहाँ बुधबार मात्रै ७५२ जनाको मृत्यु भएको छ भने ११ हजार ५२५ नयाँ संक्रमित थपिएका छन् । यससँगै त्यहाँ कुल संक्रमितको संख्या २ लाख १४ हजार नाघेको छ ।

अर्काे बढी प्रभावित राज्य न्यूजर्सीमा पनि काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ३ हजार नाघेकाे छ । त्यहाँ बुधबार मात्र ७५२ जनाकाे मृत्यु भएकाे छ ।

सबैभन्दा बढी प्रभावित १५ राज्यकाे पछिल्लाे डाटा-

Related Articles

Back to top button
Close