Video

जय सम्भु मार्फत शिल्पा पोख्रेल भोजपुरी सिने उधोगमा डेब्यु (टिजर सहित)

काठमाडौ/ बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेल अहिले बाक्लो चर्चा र आलोचनाबाट यतिबेला अलि ओझेलमा छिन् । छविराज ओझाको लगानीमा बनेको ‘लज्जा’बाट चलचित्र अभिनयमा डेव्यु गरेकी शिल्पा अब भने भोजपुरी चलचित्रमा पनि अभिनय गर्ने भएकी छिन् ।आफूभन्दा दुई गुणा बढी उमेरका छविसंग विवाह गरेकी नायिका शिल्पा पोखरेल भोजपुरी चलचित्र जय शम्भु मार्फत भोजपुरी सिने उधोगमा डेब्यु गर्ने भएकी हुन् । उक्त चलचित्रको टिजर शुक्रबार सार्वजनिक भएको छ । हेर्नुस् फिल्मको ट्रेलर यस्तो बनेको छ ।

उनि आफुले भोजपुरी चलचित्रमा अभिनय गरेको सामाजिक सञ्जालमा समेत जानकारी गराएकी हुन् । सोनु खत्रीको निर्देशन रहेको यस भोजपुरी चलचित्रमा शिल्पा पोखरेल, प्रदीप पाण्डे, ध्रुव कोइराला लगायतका कलाकारको अभिनय रहेको छ । दर्जनौ चलचित्रमा अभिनय गरेकी उनि म्युजिक भिडियोमा पनि उतिकै सक्रिय रहेकी छिन् ।

Related Articles

Back to top button
Close