News

सिल गरियो काठमाडौं पेप्सीकोलाको सनसिटी अपार्टमेन्ट

काठमाडौं, काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा रहेका तीन जनामा र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ ।

अहिले यस क्षेत्रलाई प्रहरीले आफ्नो निगरानीमा राख्दै आवश्यक क्षेत्रलाई सील गरेको छ ।

सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीको र्‍यापिड डायग्नोस्टिक टेष्ट किटबाट परीक्षाण गर्दा कोरोना पोजिटिभ देखिएको सरकारी एक उच्च सुत्रले जानकारी दिएको छ ।

अहिले काठमाडौं प्रहरी प्रबक्ता होविन्द्र बोगटी लगायतको टोलीले सो क्षेत्रको अवस्था अध्ययन गर्दै छ भने त्यस क्षेत्र सील गरिएको छ ।

प्रहरी स्रोतका अनुसार परिवारका तीनजालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको छ ।

उनीहरुको पीसीआर गर्नका लागि पठाइएको पाटन अस्पतालस्थित स्रोतले पनि पुष्टि गरेको छ ।

स्रोतका अनुसार उक्त परिवार गत चैत ५ गते लण्डनबाट फर्किएको थियो ।

अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डिङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अपनाएको छ।

Related Articles

Back to top button
Close