नेपाली चलचित्र क्षेत्रमा निकै रुचाईएको जोडी हो आकाश र पुजा । केही समय अगाडीबाट दुई बिच फाटो आएको महसुस गरेका थिए दर्शकहरुले ।
धेरै समय सम्म एकसाथ नदेखेका दर्शकलाई छक्क पार्दै एकसाथ अन्तरबार्तामा देखिएका छन् । यसरी एकसाथ देखिँदा निकै रमाईलो कुराकानी र एकार्काको पोल खोल्ने काम पनि भयो ।
खाशमा पुजा र आकाश नयाँ बर्षको अबसरमा जेठमा आउन लागेको फिल्म सम्झना बिर्सनाको प्रमोसन गर्न देखापरेका थिए ।नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको केमेष्ट्री चलचित्रदेखि म्युजिक भिडियोमा सुहाएको छ । यसैले पनि उनीहरुलाई चलचित्र र म्युजिक भिडियोमा मेकरले लाखौं लगानी गरिरहेका छन् ।
नेपाली सिने जगतमा पछिल्लो समय उनीहरुको जोडीलाई दर्शकले निकै रुचाइरहेका छन् । फिल्म ‘रामकहानी’ मा पहिलो पटक साथमा स्क्रिन शेयर गरेर सुरु भएको उनीहरुको व्यवसायिक यात्राले मित्रता परिणत हुन समय लागेन । रामकहानी पछि उनीहरुले ‘सम्हालिन्छ कहिले मन, पोइ प¥यो काले, सम्झना विर्सना’ फिल्ममा एकसाथ काम गरेका छन् । साथै केही म्यूजिक भिडियो पनि संगै देखिएका छन् ।
प्राय नायिकाहरुको नाम जो अभिनेतासँग स्क्रिन शेयर गर्छन् उनीहरुसंगै जोडिएको हुन्छ । पलबाहेक अरु अभिनेतासँग एकभन्दा बढी फिल्ममा काम नगरेकी पुजाले आकाशसँग चार फिल्ममा एकसाथ काम गरेपछि बजारमा उनीहरुको प्रेम चर्चा चल्नु स्वभाविक पनि होला ।
बाहिर जे जस्तो हल्ला चले पनि पूजा र आकाशले कहिल्यै प्रेम सम्बन्ध नै स्वीकार गरेनन् । केही कुरामा चित्त दुख्दा हप्तौंसम्म बोलचाल हुँदैन थियो । तर, फेरि उनीहरुबीच मिलन भइहाल्थ्यो । एकसाथ अन्तर्वार्ता दिँदा दुवैले कयौं पटक भनेका छन्, ‘यो मित्रताको अन्त्य कहिल्यै हुँदैन ।’
आकाशसँग आफ्नो कहिल्यै प्रेम सम्बन्ध नभएको पनि उनले स्पष्ट पारेकी छन् । उनले आकाशसँग आफ्नो स्वभाव पनि नमिल्ने बताएकी छन् । यता उनीहरु दुबैलाई रियल जोडीको रुपमा देख्न चाहने दर्शकहरुलाई फेरि एकपटक खुशीको समय आएको छ । हेर्नुस् भिडियो ।
Comment