News

काठमाण्डौबाट हिडेरै इटहरी पुगे तीन युवा

इटहरी । चैत्रको प्रचण्ड गर्मीमा काठमाण्डौबाट हिडेर तीन जना युवा इटहरी आईपुेगेका छन । धनकुटा र भोजपुर घर भएका तीन जना युवा काठमाडौबाट हिडेर इटहरी आईपुगेका हुन ।

काठमाडौ बाट मध्यरातमा सुनसरी हिडेका उनीहरु तीन दिन पछि सुनसरीको इटहरी आईपुगेका हुन । उनीहरु अहिले इटहरी १९ मौलियामा आफन्तको घरमा बसेका छन । काठमाण्डौमा मजदुरी गदै आएको बताउँने मध्येमा एक युवाले भने काठमाण्डौमा भोकले मरिने डर भयो हिडेरै तीन दिनमा इटहरी आईपुग्यौ ।

भोकले मर्नुभन्दा बौलाउनु निको भन्दैउनीहरु काठमाण्डौबाट हिडेर इटहरी आईपुगेका हुन । ठाउँठाउँमा उनीहरुलाई प्रहरीले समेत सहयोग गरेको बताए । होटलहरुमा बस्न र खाना सम्म दिएनन् उनीहरुले दुखेसो गदै भने । चिउरा र विस्कुट खादै सडकमै सुतेर इटहरी आईपुग्यौ इटहरीमा भेटिएका उनीहरुले भने ।

Related Articles

Back to top button
Close