News
संकटका बेलामा खाद्यान्न किन्न ११३७ मा फोन गर्न आग्रह
![]() |
---|
|
![]() |
काठमाडौं– उधोग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उपभोग्य सामग्री नपाएमा ११३७ मा फोन गर्न आग्रह गरेका छन्।उपभोग्य सामग्रीका लागि जनताले सास्ती भोग्न पर्दैन, संकटका बेलामा केही अप्ठ्यारो हुने भएपनि सरकारले त्यसका लागि वैकल्पिक व्यवस्था समेत गरेका मन्त्री भट्टले जानकारी दिए । साथैभाटभटेनी, सेल्वेज, सेल्सबेरी,बिग मार्टलगायतका सुपरमार्केटबाट अनलाइन खरिद गर्न सकिन्छ।
नजिकको प्रहरी बिटको अनुमति लिएर पसलमा गएर उपभोग्य सामग्री गरिद गर्न सकिन्छ। लकडाउनका बेला खाद्य सामग्री, तरकारी तथा दूध बेच्ने पसल बन्द पर्दैन भनिएको छ । आफ्नो घर र डेरानजिक पसल नखुले प्रहरीको सहयोगमा पसलबारे जानकारी लिनसमेत सरकारले आग्रह गरेको छ। सामान किन्न भीड नगरिकन जानुपर्ने पर्दछ ।कुनै पनि तरिकाले खाद्य सामग्री पाउन नसकेमा ११३७ मा फोन गर्न सकिन्छ।
![]() |
---|
|
![]() |