Wednesday, May 18

नेता होइन म काठमाडौंको मेयर बन्न खोजेको होः बालेन शाह

April 9, 2022 279

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार चर्चित र्‍यापर बालेन शाहले आफु नेता बन्न नभएर काम गर्न काठमाडौंको मेयर बन्न खोजेको बताएका छन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वातन्त्र उम्मेदवारको रुपमा यस अघिनै घोषण गरिसकेका छन् ।

उनले भने– ‘यस्तो अरु पार्टीबाट आएको मान्छे नेता बन्न खोजेको हो । म चाहि काठमाडौंको मेयर बन्न खोजेको हो । त्यही भएर फरक छ यसमा ।

यस्तो हामीले विकासको कुरा गर्दै गर्दा खेरी यो एउटा उद्यमशिलताको पनि कुरा गरिराका छौं ।

युवाहरुले के बुझनु पर्यो भन्दाखेरी नेपालका ‘भोटर’ मध्य ७० प्रतिशत युवा भोटरहरु छन् । ४० भन्दा मुनिका भोटर’हरु ७० प्रतिशत छन् ।

उहाँहरुले नै यो भोट दिएर बनाको हो नि त भनेपछि त गल्ति त आफैमा रछ नि यो कुरा बुझन जरुरी छ ।

यो दुई तीन दिनको लागी एक महिनाको लागी तपाई एउटा फेबरमा मासु, भात, पेट्रोल, घुमाई र लुवाईखुवाईमा होईन, त्यो चिजमा अलझेर बाकी पाँच वर्ष दुःख पाउँनु भन्दा बरु आफ्नो वरिपरि आफ्नै समाजमा भएका एउटा सक्षम व्यक्तिलाई उहाँहरुले नेपाल भरी ल्याउनु भयो भन्ने एउटा परिर्वतन देख्न सकिन्छ जस्तो लाग्छ ।

हामीले भक्तपुरको नगरपालिकामा पनि घुम्दा खेरी उहाँको मेयरसँग पनि बसेर कुरा गर्दा खेरी उहाँहरुले वार्षिकरुपमा ४५० जना स्किल म्यानपावरहरु उत्पादन गर्नु हुन्छ होईन, त्यो स्किल म्यानपावरहरु कुनै काठ सम्बन्धि ‘स्पेसललिस्ट’ हुन्छन्, कोही सिर्कमी, डर्कमी, इलेक्ट्रिकल र प्लमबर यस्तो कामहरुमा सिप दिसके पछि उहाँहरुले चाही ५० हजारदेखी एक लाख सम्म नेपालमै बसेर कमाई राख्नु भाको छ त्यो भनेको लगभग मान्छेले कमिसन दिएर केके गर दुबई कतारमा गएर पनि त्यति पैसा जोगाउन गारो हुन्छ, आफनै परिवार आफनै ठाउँमा बसेर त्यो सिप ‘लेबल’को काम गरियो भने पैसा कमाउँन सकिदो रै छ, भन्ने उदाहारण हो ।

काठमाडौं महानगरपालिकामा कम्तिमा वार्षिक रुपमा एक हजार जनालाई सिपमुलक तालिम दिने आफ्नो योजना रहेको र अभावका कारण अहिले सय जना माग्दा जम्मा ३० जना पनि पु¥याउन नसकिरहेको अवस्था रहेको बताए । उनले भने– ‘हाम्रो योजना के छ भन्दा खेरी काठमाडौं महानगरपालिमा कम्तिमा वार्षिकरुपमा हजार जना व्यक्तिलाई चाहि त्यो सिपमुलक तालिम दिएर अनि त्यो काम नपाउने होईन रैछ जस्तै सय जनाको माग गरियो भने उहाँहरुले ३० जना नि पु¥याउन सक्नु भाको रैन र छ ।

त्यति ‘स्कारसिटी’ रै छ त्यस्तो म्यानपावरको तपाइसँग ‘ब्याचलर डिग्री र मास्टर डिग्री’ छ, त्यो डिग्री बापत कुनै काम पाउनु भाको छैन भने अर्को कुनै स्किल सिकेर रोजगारी त गर्न सकिनछ नि त होईन ।

किन भन्दा खेरी कुनै डिग्रीको चाही एकदमै ‘फ्याचुरेट’ भएर बसेको होला काम नपाइएला कुनै–कुनै डिग्रीको एकदमै अभाव होला भन्दा खेरी आफुसँग भाको सिप ‘स्किललाई प्रयोग गर्ने सकियो भने त सिप भनेको यस्तो चिज हो न तपाईको घाममा टटिन्छ न तपाईको पानिले भिजाउँछ केही छैन आफैले गर्ने सक्ने हो । सिपमुलक कुराहरुमा जोड् दिनुपर्ने बताएका छन् ।

Comment