News

अमेरिकामा ४ नेपालीमा देखियो कोरोनाको संक्रमण

काठमाडौं – विश्वब्यापी रुपमा फैलिएको कोरोनाभइरसबाट अमेरिकामा रहेका ४ जना नेपाली संक्रमित भएका छन् । कोरोनाबाट संक्रमित भएका मध्ये दुईको अवस्था गम्भिर रहेको जनाइएको छ । उनीहरुको भेन्टिलेटरमा राखेर उपचार भइरहेको जनाइएको छ ।

कोरोनाबाट संक्रमित भएका तीन जना न्यूयोर्कको ज्याक्सन हाइटमा बस्ने जनाइएको छ । अर्का एक भने भर्जिनिया राज्यकी बासिन्दा रहेका छन् । अमेरिकामा कोरोनाभाइरस सङ्क्रमणका कारण ५८२ जनाको मृत्यु भइसकेको छ। भने ४५ हजार २६८ जना सङक्रमित भइसकेका छन् ।

Related Articles

Back to top button
Close