News

फ्रान्सबाट किशोरीसँगै नेपाल आएका २ जना काभ्रेमा फेला

काठमाडाै‌– फ्रान्सबाट दोहा–काठमाडौ आएको एयरलाइन्सबाट नेपाल आएका २ जना काभ्रेमा फेला परेका छन् ।

उनीहरु चैत्र ४ गते अर्थात मार्च १८मा कतार एयरवेजको फ्लाइट नं क्युआर ६५० बाट नेपाल आएका हुन् ।उक्त विमान बाट नेपान आएका एक जना धुलिखेल काभ्रे भन्ज्याङको रहेका छन् । उनी धुलिखेल अस्पतालको सम्पर्कमा आएको अस्पतालमा कार्यरत डाक्टर सुमन ताम्राकारले सुत्र न्युजलाइ जानकारी दिएका छन् । उनलाई एक स्कुलको क्वारेन्टाइनमा राख्ने कुरा भएता हाल उनी घरमै बसेका छन् ।

डाक्टर सुमनले भने ‘ शुक्रराज अस्पताल टेकु जान सुझाव दिएका छौं , विभिन्न बाहाना बनाएर जान मानिरहनु भएको छैन, उहाँहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।’

साथै युवतीसँगै नेपाल आएका बनेपा नगरपालिका वडा न.२ का एक व्यक्ति सेल्फ क्वारेनटाइनमा रहेका छन् ।सम्पर्क आएका व्यक्ति बनेपा नपा वडा नं. २ निवासी दाहाल थरका र धुलिखेल–९ काभ्रे भञ्ज्याङका हुमागाईँ थरका हुन्।

चैत ४ गते फ्रान्सबाट फर्किएकी काठमाडौं घर भएकी युवतीमा कोरोना संक्रमण देखिएको थियो। सँगै आएकी भियतनामकी साथीलाई कोरोना पोजेटिभ देखिएपछि उनी स्वास्थ्य परीक्षण गराउन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेकी थिइन्। उनलाई संक्रमण देखिएपछि सरकारले सो जहाजमा आएका मानिसलाई सम्पर्कमा आउन अनुरोध गरेका छन्।

Related Articles

Back to top button
Close