News

कोरोना पुष्टि नहुँदै आइसोलेसनमा रहेका एक युवकको निधन

चितवन, ११ चैत । भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचारार्थ एक युवकको निधन भएको छ । उनको मंगलबार विहान ७ बजे उपचारका क्रममा निधन भएको अस्पताल श्रोतले बताएको छ ।उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको निधन भएको खबर अस्पताल श्रोतले बताएको हो । अहिले उनको श’वलाई अस्पतालमै राखिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो ।

उनलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो । तर कोरोना संक्रमण हो होईन भन्ने बारे रिपोर्ट आउन भने अझैं बाँकी नै भएको अस्पतालका एक उच्च अधिकारीले बताएका छन् । आस्पताल श्रोतका अनुसार उनको स्वाबको नमुना सोमबार नै संकलन गरिएको र मंगलबार विहान विमानबाट मात्र पठाइएको छ ।

Related Articles

Back to top button
Close