यशूले कोरोनाभाइरसका बिरामीलाई निको पार्ने भन्दै भ्रम फैलाउने पास्टर पोखराबाट पक्राउ परेका छन्। सोमबार राति पोखराको पावर हाउसबाट पास्टर केशवराज आचार्य पक्राउ परेका हुन्।पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्ने आचार्यलाई सोमबार साँझ कास्की प्रहरीले पक्रेर हिरासतमा राखेको छ । २५ जनाभन्दा बढी मान्छे भेला नहुने भन्ने सरकारको आदेशलाई उल्लंघन गर्दै उनले यशुका अनुयायीलाई कोरोना भाइरसले छुनै सक्दैन भन्दै आचार्यले प्रवचन दिएका थिए । उनको प्रवचनको भिडियो भाइरलै भएको थियो ।पोखराको तालचोकमा स्थानीयलाई जम्मा पारेर प्रभु यशुका अनुयायीलाई कोरोराले छुनै सक्दैन भन्दै आचार्यले प्रवचन दिएका थिए । ‘कोरोना दुष्ट आत्मा हो, हामी विश्वासीलाई यसले छुन मिल्दैन’, आचार्यले प्रवचनमा दाबी गरेका थिए, ‘प्रभु यशुको कृपा चीनमा रहेको छ ।’प्रभु यशुको कृपाबाटै चीनमा भाइरस नष्ट भइसकेको उनको भनाइ थियो । ‘उनीविरूद्ध मुलुकी संहिताको दफा ७० अनुसार अफवाह फैलाएकोमा मुद्दा अनुसार कारबाही हुन्छ’,एक प्रहरीले भने।