Tuesday, May 17

रक्त क्यान्सरबाट नर्स दीपाको अल्पायुमै निधन

April 8, 2022 327

काठमाडौ ।

रक्त क्यान्सर रोगका कारण सरकारी अस्पतालमा कार्यरत नर्सको निधन भएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा कार्यरत्त स्टाफ नर्स दीपा कामैतको निधन भएको हो । प्रादेशिक अस्पतालको डायलसिस वार्डमा कार्यरत्त दीपा कामैतको रक्त क्यान्सरका कारण निधन भएको हो ।

प्रादेशिक अस्पतालले शोक विज्ञप्ती जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारप्रति समवेदन व्यक्त गरेको छ । प्रादेशिक अस्पतालका अधिकृत रामटहल यादवले जारी गरेको शोक विज्ञप्तीमा दीपा जनकपुर नर्सिङ कलेजबाट स्टाफ नर्स अध्ययन गर्नुभएको थियो ।

त्यस्तै, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा कार्यरत डा प्रिती भुसाल विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने हुनुभएको छ । आगामी मङ्गलबार सगरमाथातर्फ प्रस्थान गर्न लाग्नुभएकी डा भुसाललाई बुधबार अस्पतालले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको छ । सन् २०१९ को अप्रिलमा सोलुखुम्बुको छ हजार ११९ मिटर अग्लो लोपुचे हिमालको सफल आरोहण गर्नुभएकी डा भुसाल गत वर्ष सगरमाथाको आधार शिविरसम्म पुगिसक्नुभएको छ ।

डा भुसालले आफू सम्पूर्ण महिला डाक्टरको प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गर्न लागेको जानकारी दिनुभयो । मेडिकल डाइरेक्टर डा विनोद विजुक्छे र प्रमुख कार्यकारी अधिकृत अमृत खन्नाले अस्पतालका तर्फबाट शुभकामना दिनुभयो ।

कोरोना महामारीबाट ज्यान गुमाएका स्वास्थ्यकर्मीको सम्मान र जलवायु परिवर्तनका कारण स्वास्थ्यमा आउने नकारात्मक परिवर्तनसम्बन्धी सचेतना फैलाउने मुख्य उद्देश्यसहित डा भुसाल सगरमाथा आरोहणमा जान लाग्नुभएको हो ।

Comment