News

कोरोना महामारी : इटालीमा सोमबार ६०२ को मृत्यु, कहाँ कति ?

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण सोमबार इटालीमा ६०२ को ज्यान गएको छ। यससँगै मर्नेको संख्या ६ हजार ७७ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले उल्लेख गरेको छ।

चीनपछि सबभन्दा बढी आक्रान्त बनेको इटालीमा ६३ हजार ९२७ मा संक्रमण पुष्टि भएको छ। जसमध्ये ७ हजार ४३२ जना निको भएर घर फर्किएका छन्।

पहिलोपटक भाइरस पुष्टि भएको चीनको वुहानमा सोमबार पनि कुनै नयाँ संक्रमित भेटिएका छैनन्। तर चीनका अन्य प्रान्तमा भने ७८ जना नयाँ संक्रमित भेटिएको राष्ट्रिय स्वास्थ्य आयोग चीनले बताएको छ। तीमध्ये ७४ संक्रमित बाहिरबाट आएका हुन्। त्यस्तै सोमबार थप ७ जनाको ज्यान गएको आयोगले जनाएको छ।

धेरै प्रभावित देशको आँकडा

चीन– संक्रमित: ८१,४९८ मृत्यु: ३,२७४ निको: ७२,८१९
इटाली– संक्रमित: ६३,९२७ मृत्यु: ६,०७७ निको: ७,४३२
अमेरिका– संक्रमित: ४३,९०१ मृत्यु: ५५७ निको: ०
स्पेन– संक्रमित: ३५,१३६ मृत्यु: २,३११ निको: ३,३५५
जर्मनी– संक्रमित: २९,०५६ मृत्यु: १२३ निको: ४५३
इरान– संक्रमित: २३,०४९ मृत्यु: १,८१२ निको: ८,३७६
फ्रान्स– संक्रमित: २०१२३ मृत्यु: ८६२ निको: २,२०७
द. कोरिया– संक्रमित: ८,९६१ मृत्यु: १११ निको: ३,१६६
बेलायत– संक्रमित: ६,७२६ मृत्यु: ३३६ निको: १४०
भारत– संक्रमित: ४९९ मृत्यु: १० निको: ३४
नेपाल– संक्रमित: २ मृत्यु: ० निको: १
(स्रोत: जोन्स हप्किन्स विश्वविद्यालय)

Related Articles

Back to top button
Close