Friday, May 20

‘ए मेरो हजुर ४’ मा जी-बबको र्याप

April 7, 2022 361

अनमोल केसी र सुहाना थापा स्टारर ‘ए मेरो हजुर ४’ मा जी-बब नामले चर्चित र्‍यापर सुदीप भण्डारीले गीत गाएका छन् । गीतमा उनकै शब्द र संगीत छ ।

‘मिलेन लेवल तेरो बाउ बोला ए…’ र्याप गाएर चर्चामा आएका जी बब र ‘ए मेरो हजुर ४’ समुहबिच भेटघाट समेत भएको छ । जहाँ अनमोल, सुहाना र जी-बबले फोटो समेत खिचाएका छन् । जी-बबले गाएको ए मेरो हजुर ४ को गीत यसै साता सार्वजनिक गरिनेछ ।

झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ आउँदो बैशाख १ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा अनमोल, सुहाना र सलोन बस्नेतको मुख्य भूमिका छ ।

Comment