Video

बखत बिष्टले गरे प्रशंसनीय काम ! एक एकलाई समाउँदै नि:शुल्क बाँडे मास्क, दिए यस्तो संदेश (भिडियो सहित)

विश्वभर फैलिएको कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि विभिन्न संघ संस्थाले मास्क र स्यानिटाइजर वितरण गर्दै आइरहेका छन् । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस नियन्त्रणका लागि विभिन्न ठाउँमा यस किसिमका कार्यक्रमको आयोजना गरिएको छ । कोरोना भाइरसबाट बच्न संचारकर्मीहरुले पनि मास्क वितरण गर्न थालेका छन् ।

सामाजिक संजालमा भाइरल बखत बिष्ट र संचारकर्मीले आज कोटेश्वरमा नि:शुल्क मास्क वितरण गरेका छन् । कोरोना भाइरसबाट बच्न मास्क प्रारम्भिक औषधिको रुपमा रहेकोले प्रकोप बढन नसकोस् भन्ने उद्देश्यले मास्क वितरण गरिएको संचारकर्मीको भनाइ छ । माहामारीको रुप लिईरहेको ”कोरोना भाइरसबाट बचौं र बचाऔं” भन्ने नाराका साथ जनचेतना फैलाउने उदेश्यका साथ मास्क वितरण गरिएको छ । हेरौं तलको भिडियो :

Related Articles

Back to top button
Close