काठमाडौं । हामि मध्य धेरैको सोचाई हुने गर्छकी कलाकारहरु धेरै पढेका हुदैन्न किनकी नेपाली चलचित्र क्षेत्रमा केही केही कलाकारहरु कक्षा आठ नै पास नगरेका पनि रहेका छन।तर यसै नेपाली चलचित्र र नेपाली लोक दोहोरी क्षेत्रका केहीकलाकारहरुको पढाई भने उच्चनै छ,धेरै पढेका कलाकारहरु मध्य हामीले केही कलाकारहरुको नामावली र उनीहरुको पढाई बारे चर्चा गरेका छौ।
१:पशुपति शर्मा:नेपाली लोक दोहोरी क्षेत्रका एक बहु चर्चित गायक हुन पशुपती शर्मा,बजारमा आउने प्राय उनका सबै गीतहरुले सफलताको शिखर चुमेका छन, प्रायजसो देश र जनताको पक्षमा गीत गाउने पशुपतिको पढाईको कुरा गर्नेहो भने उनले समाज शास्त्रमा मास्टर गरेका छन् । त्यसका साथै उनले गीतसगिंतमा लागेपछि पनि नेपालीमा मास्टर गर्ने तयारी गरेका थिए । किनभने उनलाई नेपालीमा पनि धेरै ज्ञान बढाउनु थियो । तर उनको बाबाको सपना छोरा डाक्टर बनोस भन्ने थियो । उनी अमेरिका पनि यहीबाट एकाएक चर्चामा आएका थिए । त्यस्तै त्यस्तै उनको अर्को गीत लुट्न सके लुट मार्फत उनी विवादमा समेत परेका थिए ।
२:राजा राजेन्द्र पोख्रेल:राजा राजेन्द्र पोख्रेल पनि नेपालका धेरै पढेका कलाकार नै हुन् ।उनले अंग्रेजी बिषयमा मास्टर डिग्री गरेका छन् । उनी टेलिभिजनको पर्दामा खासै नदेखिएपनि स्टेजको कमेडी किगं हुन् । रेडीयो मार्फत सबैलाई हँसाउने उनी हाल विभिन्न स्टेज कार्यक्रममा निकै व्यस्त छन् ।
३:प्रमोद खरेल:नेपाली सांगेतीक क्षेत्रका चर्चित गायक प्रमोद खरेल पनि धेरै पढेका कलाकारमध्ये एक हुन्,”म बिना कसै-कसैलाई मुस्किल छ पोखरामा”बोलको गीतबाट चर्चामा आएका प्रमोदले दर्जनौ सफल गीतहरु बजारमा ल्याई सकेका छन्। उनको पठाईको बारे भन्नु पर्दा उनले बिज्ञान बिषयमा मास्टर गरेका छन् । उनी गीतसगिंतमा लाग्नुभन्दा पहिले बिज्ञान बिषयका प्राध्यापक थिए । हाल उनी विभिन्न कार्यक्रम तथा गीतसगिंतमै व्यस्त छन् यसका साथै उनि अन्तराष्ट्रीय सिंगीङ रियालिटी सो “द भ्वास अफ नेपाल”का कोच समेत हुन्।
४:शिरिष देवकोटा:लोक गीतका चर्चित गायक शिरिष देवकोटा पनि नेपालका धेरै पढेका कलाकारहरुमध्ये एक हुन् ।उनले बजार व्यवस्थापन बिषयमा मास्टर गरेका छन् । उनले गाएका मत आउने थिइन, आयो है आयो साईला दाई , नजरैको भर लगायतका गीतहरु निकै चर्चामा रहेका छन् ।उनि बिशेष गरी रोईला गीत बढि गाउने गर्छन ।शिरिषका प्राय सबै जसो गीतहरुले बजारमा राम्रो सफलता पाएका छन्।
५:केकी अधिकारी:चर्चित नायिका केकी अधिकारी पनि नेपाली चलचित्र जगतकी धेरै पढेकी कलाकार हुन्,सुरुमा बिभिन्न म्युजिक भिडियोहरुमा देखिएकी केकी एकाएक चर्चामा आएकी थिईन,पछिल्लो समय उनी नेपाली चलचित्र क्षेत्रकी एक चर्चीत नायिका हुन्। उनले कमर्समा मास्टर ड्रिगी गरेकी छिन् । उनले आफ्नो फिल्मी करियरको सुरुवात फिल्म आई एम सरी मार्फत गरेकी थिइन् ।
६:संदिप क्षत्री:चर्चित हास्य कलाकार संदिप क्षत्री पनि नेपालका धेरै पढेका कलाकार नै हुन् । उनले पनि कमर्समा डिग्री हासील गरेका छन् । उनी चर्चित टेलिभिजन कमेडी कार्यक्रम ह्वाट् द फ्लपबाट मिठाईलाल चरित्र मार्फत एकाएक चर्चामा आएका थिए । हाल उनी सोही कार्यक्रम र विभिन्न चलचित्रहरुमा व्यस्त छन् ,उनले अभिनय गरेको चलचित्र चङ्गा-चेट पछिल्लो समय सर्भादिक चर्चा बटुल्न सफल चलचित्र हो।
७:प्रियंका कार्की:नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका प्रियंका कार्की पनि धेरै पढेकी कलाकार हुन् । उनले फिल्म निर्माणमा अमेरिकाबाट डिग्री हासील गरेकी छिन् । हाल उनी आयुश्मानसँगको विवाहको कारणले निकै चर्चामा छिन् उनि आउदो बैशाखमा बिहाको तयारीमा छिन ,हाल भने उनी प्रेमी आयुश्मान संगै भ्रमनको क्रममा थाईल्याण्डमा छिन्।
८ . राजेश हमाल:महानायक राजेश हमाल नेपाली चलचित्र क्षेत्रका धेरै पढेका कलाकार हुन् । उनी बाल्यकालदेखि नै पढाइमा राम्रा भएकाले पढाइमा कहिल्यै पछि परेनन् । त्यसैले उनले पंजाबस्थित चण्डीगढ क्याम्पसबाट अंग्रेजीमा डिग्री हासील गरे । उनले आफ्नो फिल्मी करियरको सुरुवात चलचित्र युगदेखि युगसम्मबाट गरेका थिए । हाल उनी एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित कार्यक्रम को बन्छ करोड पतिको प्रस्तोता हुन् ।
हामिले सबै कलाकार को नाम समाबेश गर्न सकेका छैन अर्को पोस्ट अरु छुटेका कलाकार को नाम पनी जोडिने छ।
Comment