News

भक्तपुरमा भयानक दुर्घटना, १ दर्जन गाडीहरु ठोक्किए आपसमा

भक्तपुर, १० चैत्र । भक्तपुरको सल्लाघारीमा करिब १ दर्जन सवारी साधनहरु एक आपसमा ठोक्किएका छन् । सोमबार दिउँसो करिब ३ बजेतिर अरनीको राजमार्गअन्तर्गत सल्लाघारी चोक नजिक गाडीहरु एक आपसमा ठोक्किएका हुन् । प्रत्यक्षदर्शीका अनुसार सिमसिम पानी परिरहेको बेला चिप्लिएर गाडीहरु एक आपसमा ठोक्किएका हुन् ।

शुरुमा एउटा भ्यानले मोटरसाइकलाई ठक्कर दिएपछि सडकमा मोबिल पोखिएको थियो । सोही मोबिलमा अन्य गाडीहरु पनि चिप्लिएपछि एक आपसमा ठोक्किएका हुन् । स्थानीय प्रहरीका अनुसार दुर्घटनामा करिब ८ जनाजति घाइते भएका छन् । घाइतेहरुको उपचारका लागि अस्पताल लगिएको जनाइएको छ ।

Related Articles

Back to top button
Close