News

अस्ट्रेलियाबाट आएका दुई नेपालीलाई विमानबाट ओर्लिन दिइएन

काठमाडौं : इतिहाद एयरबाट नेपाल आएका दुई जना नेपाली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अड्किएका छन्। सोमबार दिउँसो इवाइ २९१ कल साइनको इतिहाद एयरबाट नेपाल आएका उनीहरुलाई विमानबाट ओर्लिन दिइएको छैन्।

केही समयअघि मात्रै दुई नेपाली आबुधाबी हुँदै अस्ट्रेलिया गएका थिए। अस्ट्रेलियाले उनीहरुलाई नेपाल फर्काएको थियो। दिउँसो ३:५० मा विमानस्थलमा ल्याण्ड गरेको उक्त विमान दिउँसो ४:५० बजे उड्नुपर्ने विमानस्थल स्रोतले जानकारी दियो। खाली आउनुपर्ने उक्त विमानले दुई जना नेपाली लिएर आएको थियो।

Related Articles

Back to top button
Close