Tuesday, May 17

बढ्यो सुनको भाउ,आज कतिमा हुँदैछ कारोबार ?

April 7, 2022 449

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ। छापावाल सुनको मूल्य प्रतितोला ५ सयले बढेर ९९ हजार तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन बुधबार प्रतितोला ३ सय रुपैयाँले घटेर ९८ हजार ५०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९९ हजार र तेजाबी सुनको मूल्य ९८ हजार ५०० रुपैयाँ कायम गरिएको छ। बुधबार तेजावी सुनको मूल्य ९८ हजार तोकिएको थियो।

यस्तै, चाँदीको भाउमा पनि सामान्य गिरावट देखिएको छ। चाँदी प्रतितोला १ रुपैयाँले घटेर १२३४ मा कारोबार भइरहेको छ। बुधबार चाँदी तोलाको १३ सय ३५ रुपैयाँमा खरिद बिक्री भएको थियो।

डिशहोमले ल्यायो एक वर्षमा २४ महिनाको योजना
काठमाडौं । डिशहोमले आफ्ना ग्राहकहरुको लागि १ बर्षमा २४ महिनाको योजना ल्याएको छ । डिशहोमको सेवा लिइरहेका डीटीएचका ग्राहकहरुलाई लक्षित गरी सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलरदाईबाट फण्ड ट्रान्स्फरमार्फत् एकवर्ष अर्थात् १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म टेलिभिजन हेर्ने सेवा पाउने भएका छन् ।

योसँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरु मध्येबाट प्रत्येक हप्ता लक्की ड्रमार्फत् एकजना ग्राहकले रु एक लाख पनि जित्न सक्ने डिशहोमले जनाएको छ ।

हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमका एक्सक्लुसिभ च्यानलहरु रमाइलो एचडी, सरोकार टीभी, रियालिटी टीभी, नेपा च्यानललगायत डिशहोम सोकेसमा लक्की–ड्र को प्रत्यक्ष प्रसारण हुनेछ ।

१ वर्षको रिचार्जमा २४ महिना टेलिभिजन हेर्न र रु १ लाख जित्ने यो योजनाको फाइदा २०७८ चैत्र २१ पछि रिचार्ज गर्ने डिशहोमका ग्राहकहरुले लिन सक्नेछन् ।

एक दशकदेखि स्याटालाइट प्रविधिमा उत्कृष्ट दृश्यसहितको टेलिभिजन सेवा प्रदान गरिरहेको डिशहोम नेपालको नम्बर १ टेलिभिजन सेवा प्रदायक हो साथै डीटीएच प्रविधिमार्फत् टेलिभिजन सेवा दिइरहेको डिशहोमले फाइवरमार्फत् डिशहोम फाइवरनेट ब्राण्ड नेममा नेपालभर इन्टरनेट सेवा पनि प्रदान गरिरहेको छ ।

Comment