Wednesday, May 18

कुबेतको सरकारी तेल फ्याक्ट्रीमा रोजगारको अवसर, माग १३० नेपाली (तलब यतिधेरै)

April 7, 2022 514

कुबेतको सरकारी तेल फ्याक्ट्रीमा रोजगारको अवसर, माग १३० नेपाली (तलब यतिधेरै)

काठमाडौँ । कुवेतको बहुप्रतिष्ठित सरकारी कम्पनि Kuwait Oil Company मा नेपाली पुरुष तथा महिला कामदारको माग गरेको छ ।

यी कम्पनीले बिभिन्न पोस्टका लागि १३० जना नेपाली कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कुवेतको सरकारी तेल फ्याक्ट्रीमा काम गर्नु पर्ने हुन्छ ।

कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । न्यूनतम तलब नेपाली रु. ५१,६१०/- देखि १,५८,८००/- सम्म रहने कम्पनीको डिमाण्ड लेटर मा उल्लेखित छ ।

तलब खान बस्न सहित १ लाख ५८ हजार माथि रहेको छ । इच्छुक कामदारले आरभ ग्लोबल रिक्रुटमेन्ट प्रा. लि. को कार्यालय एकताटोल सिनामंगल, काठमाडौँमा पुष २५, २६ र २७ गते सम्म अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क, भिसा शुल्क, विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै बेहोर्ने छ ।

थप जानकारीको लागि वा डिमाण्ड हेर्नका तल दिएको मेनपावर कम्पनीले निकालेको बिज्ञापन हेर्नुस् ।

Comment